+
+

कर्णालीको नमुना युवा मुख्यमन्त्रीमा रोकाय र सभामुखमा परियार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १०:१३

३१ जेठ, सुर्खेत । राष्ट्रिय युवा परिषद र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित नमुना युवा प्रदेश सभाको मुख्यमन्त्रीमा डोल्पाका धनु रोकाया चुनिएका छन् । त्यस्तै नमुना युवा सभामुखमा रुकुम पश्चिमका गणेश डाँगी र नमुना उपसभामुखमा हुम्लाकी प्रतिक्षा परियार चुनिएका छन् ।

कर्णालीको नमुना प्रदेशसभा मंगलबारदेखि सुर्खेतमा जारी छ । कर्णाली प्रदेशका सबै जिल्लाका विभिन्न पालिकाहरुमा नमुना युवा गाउँ/नगर सभाको अभ्यासमा भाग लिएका १६ देखि २४ वर्ष उमेर समूहका युवा मध्येबाट छनौट भएका युवा प्रदेश सभा अभ्यासमा सरिक छन् ।

चार दिनसम्म चल्ने अभ्यासमा युवाहरुलाई संघ र प्रदेशको शासकीय प्रबन्ध, संवैधानिक अभ्यास, प्रदेश सभा सञ्चालन कार्यविधि, ऐन निर्माण प्रक्रिया, नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षित गराइने छ ।

प्रादेशिक राजधानी सुर्खेतमा गत मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले नमुना प्रदेशसभाको उदघाटन गरेका थिए । त्यसक्रममा मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारले आउँदो बजेटमा युवा सशक्तीकरणमा जोड दिने बताए । कंडेलले सीमित स्रोत र साधनका बाबजुद समग्र कर्णालीको विकासका लागि प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले युवाको सर्वाङ्गीण विकासमा मन्त्रालयले विशेष जोड दिइरहेको बताए ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई भविश्यका कर्णाधार मात्र नभएर वर्तमानका साझेदार बनाउनुपर्ने धारणा राखे । बस्नेतले युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराइनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?