+
+

प्रदर्शन र सेन्सर सहजीकरणबारे नेपाल र भारतका फिल्म अधिकारीको बैठक मुम्बईमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १२:२१

काठमाडौं । भारतमा नेपाली फिल्मको प्रदर्शन र जाँचपास सहजीकरणबारे छलफल गर्न दुवै मुलुकको फिल्म उद्योगका अधिकारी मुम्बईमा भेला भएका छन् ।

बुधबार सुरु भएको बैठक १ असारसम्म चल्नेछ । बैठकमा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र सेन्सर बोर्ड अध्यक्ष गजेन्द्रकुमार ठाकुर सहभागी छन् । भारतीय टोलीको नेतृत्व त्यहाँको केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डका अध्यक्ष प्रसुन जोशीले गरिरहेका छन् ।

भारतीय सेन्सर बोर्डको निम्तोमा मुम्बई पुगेको चलचित्र विकास बोर्ड र सेन्सर बोर्डको डेलिगेसनसँग यसरी छलफल भएको हो । उक्त अवसरमा भारतीय फिल्मको सेन्सर प्रमाणीकरण प्रक्रिया, भारतमा नेपाली फिल्मको प्रदर्शन प्रक्रिया, भारतमा नेपाली फिल्मको सेन्सर प्रक्रिया, कर नीति लगायतबारे बुँदागत छलफल भएको थियो ।

साथै, नेपाली र भारतीय सेन्सर बोर्डबीच कसरी सेतुको भूमिका खेल्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ । दुई मुलुकका फिल्मका कार्यकारी निकायले प्रदर्शन, सहलगानी र सेन्सरको सहजीकरणमार्फत विद्यमान समस्या समाधान गर्न सकिने आशा दुवै मुलुकका फिल्म अधिकारीले लिएका छन् ।

छलफलमा अनलाइन प्लाटफर्मबाटै भारतमा नेपाली फिल्मको सेन्सर गर्न सकिने र भारतमा नेपाली फिल्मको पोस्ट–प्रोडक्सन गर्दा ३० प्रतिशत सहुलियत उपलब्ध गराउन सकिनेबारे पनि छलफल भएको चलचित्र विकास बोर्डको डेलिगेसन सदस्य नीराजन गिरीले अनलाइनखबरलाई जानकारी दिए ।

नेपालमा फिल्म र सेन्सर नीति निर्माणको प्रक्रिया संसदमा विधेयकको रुपमा पेश हुनुअघि फिल्मका दुई कार्यकारी निकायका अधिकारीको यो अध्ययन भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?