+
+

लोकल मदिरा विदेश निर्यात गर्ने गरी सरकार अघि बढोस् : दिलेन्द्रप्रसाद बडू

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १२:३३

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकल मदिरा ब्रान्डिङ गर्ने बजेटको योजना राम्रो भएको बताएका छन् ।

नेपालको लोकल मदिरालाई विदेश निर्यात गर्ने गरी सरकार अघि बढ्नुपर्ने उनको सुझाव छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लोकल रुपमा तराई र हिमालमा परम्परागत रुपमा मदिरा उत्पादन हुने गरेको बताए । त्यहाँ प्रविधि पुर्‍याएर  लोकल मदिराको ब्रान्डिङ र मार्केटिङ गर्दै विदेश निर्यात गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?