+
+

सामसङ ठूलो टिभी खरिदमा ३८ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १३:२८

काठमाडौं । टिभी प्रविधि क्षेत्रमा अग्रणी ब्रान्ड सामसङले फुटबल सिजनलाई लक्षित गरी नेपाली बजारमा विशेष अफर सार्वजनिक गरेको छ ।

अफरअनुसार सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ । ठूला टिभी मोडल खरिद गर्दा ग्राहकले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने छन् । अन्य टिभीसँगै खरिद गरिएका साउन्डबारमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध छ।

क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै ग्राहकका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको कम्पनीको भनाइ छ ।

अफर अनुसार सामसङ इन्स्टा फाइनान्सले १८ महिना अवधिका लागि शून्य प्रतिशत ब्याजमा ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्ने सक्नेछन ।

ग्राहकका लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीलाई नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार निःशुल्क इन्स्टिलेसन सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी सुविधा रहेको छ । यो अफर ३१ असारसम्म लागु हुने छ ।

आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि र नेपालका लागि सामसङ टिभीको आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार डिलर नेटवर्क मार्फत अफरका टिभी खरिद गर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?