+
+

सडक विभागको महानिर्देशकमा पोखरेल, रेल विभागमा मूल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १३:४६

३१ जेठ, काठमाडौं । सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासठेले पोखरेललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेका हुन् ।

पोखरेल हाल विभागको योजना हेर्ने उपमहानिर्देशकका रुपमा कार्यरत थिए । उनी यसअघि विभागको विकास सहायता माहाशाखा प्रमुखका रुपमा समेत काम गरिसकेका कर्मचारी हुन् ।

विभागका हालका महानिर्देशक सुशीलबाबु ढकाल मन्त्रालयको योजना महाशाखा प्रमुखमा सरुवा भएका छन् । नारायणाकजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री भएका बेला उनी महानिर्देशक भएका थिए ।

यस्तै मन्त्रालयका योजना महाशाखा प्रमुख रहेका सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) उमेशविन्दु श्रेष्ठलाई सडक विभागको योजना हेर्ने उपमहानिर्देशक पदमा सरुवा गरिएको छ ।

रोहितकुमार बिसुरालको अवकासपछि रिक्त रहेको रेल विभागको महानिर्देशकमा हुलाकी राजमार्ग आयोजना प्रमुख रहेका अजयकुमार मूल नियुक्त भएका छन् ।

अर्को सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) रवीन्द्रप्रसाद दासलाई संघीय सुपरीवेक्षण कार्यालय दकममा जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?