+
+

डीएभी कलेजमा तीन दिने अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १३:३९

काठमाडौं । ललितपुरस्थित डीएभी कलेजमा तीन दिने अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौं च्याप्टर–२.० को सातौं एपिसोड भव्यताका साथ सम्पन्न भएको हो ।

२६ देखि २८ जेठसम्म सञ्चालित सम्मेलनको विषयवस्तु ‘दिगो भविष्यका लागि कृषि, जैविक, वातावरण र जीवन विज्ञानमा विश्वव्यापी दृष्टिकोण’ रहेको थियो ।

हाइब्रिड मोडमा सञ्चालित कन्फ्रेन्समा विश्वका १४ देशका अनुसन्धानकर्ताहरू भौतिक र भर्चुअल रुपमा जोडिएका थिए ।

नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले सम्मेलनबाट भावी पुस्ताको सुरक्षा र वर्तमान पुस्ताको आवश्यकतासँग सम्वन्धित प्रस्तुत भएका वैज्ञानिक समाधानका उपायहरूको प्रसंशा गरे ।

कलेजका अध्यक्ष अनिल केडियाले दिगो भविष्यका लागि कृषि, जीवविज्ञान, वातावरण र जीवन विज्ञानको क्षेत्रमा काठमाडौँ विज्ञान सम्मेलन कोसेढुंगा सावित हुने बताए ।

सम्मेलन भारतको उत्तर प्रदेशको गाजियाबादस्थित कृषि प्रविधि विकास समाज (एटीडीएस) संयोजकत्वमा र नेपालको ललितपुरस्थित डीएभी कलेज (त्रिभुवन विश्वविद्यालय) को सहायतामा आयोजना गरिएको हो ।

सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय र कलेजहरूसहित कुल १४ वटा सरकारी निकाय, विश्वविद्यालय र अनुसन्धान एकाइहरू सह–आयोजकका भूमिकामा थिए ।

त्यसैगरी, भारतका विभिन्न राज्यहरूबाट समान सङ्ख्यामा आएका सहयोगी संस्थानहरूले सम्मेलनलाई विश्वभर पु¥याउन सहयोग गरे ।

सबै प्रतिनिधिहरूले अनुसन्धानको उद्देश्य, परिकल्पना, विधि, परिणाम र निहितार्थ स्पष्ट रूपमा उल्लेख गर्दै सैद्धान्तिक दृष्टिकोण देखि वैचारिक र अनुभवजन्य अनुसन्धान पत्रहरू प्रस्तुत गरे । अनुसन्धान यात्रामा पाँचवटा जर्नल प्रकाशन गृहहरू पनि संलग्न थिए ।

सम्मेलनमा १ हजार ६१७ अवधारणा प्रस्तुत गरिएका थिए । करिब १ हजार जनाको उपस्थिति थियो । ६५० जना भौतिक रुपमै उपस्थित थिए भने बाँकी भर्चुअल रुपमा जोडिएका थिए । पोस्टर प्रस्तुतिका लागि २८० जना भौतिक र ४१० जना भर्चुअल रुपमा उपस्थित थिए ।

सम्मेलनका क्रममा योग्य प्रतिनिधिहरूलाई कुल २४ विधाका ग्लोबल इन्टरनेसनल कन्फरेन्स अवार्ड (एटीडीएस, २०२४) बाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?