+
+

टेलर स्वीफ्टको एडिनबर्ग कन्सर्टले ६ किलोमिटर टाढासम्म भूकम्प  

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १३:३९

काठमाडौं । टेलर स्वीफ्टका हजारौं फ्यानले गत साता स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजित तीन कन्सर्टमा हर्षोल्लास मनाउँदै नाच्दा भुइँचालो मापन गरिएको छ ।

भूकम्पसम्बन्धी अनुगमन गर्ने स्टेसनले कन्सर्ट थलोभन्दा ६ किलोमिटर परसम्म भूकम्पीय गतिविधि मापन गरेको बीबीसीले जनाएको छ ।

विशेषगरी स्वीफ्टले तीन गीतमा प्रस्तुति दिंदा हर्षोल्लासमा मस्त फ्यान निकै उफ्रिएर नाचे । ती तीन गीतमा ‘क्रुएल समर’, ‘रेडी फर इट’ र ‘स्याम्पेन प्रोबल्म्स’ छन् ।

स्वीफ्टको उक्त कन्सर्टमा ७३ हजारको भीड थियो । ती तीन गीगमा सबैभन्दा बढी भूकम्प गतिविधिको मापन गरिएको उल्लेख छ । स्वीफ्टको लागि एडिनबर्गको यो कन्सर्ट उनको बेलायत टुरको १७ औं कार्यक्रम हुनेछ, जुन आफैंमा उल्लेखनीय पनि हो ।

शुक्रबार रातिको सो कन्सर्ट केही मात्राले शक्तिशाली महसुस गरियो । फ्यानको भीडले उक्त कन्सर्टको मैदानलाई २३.४ न्युटन मिटरले हलचल गराएको विवरणमा उल्लेख छ ।

शुक्रबार २२.८ न्युटन मिटर र आइतबार २३.३ न्युटन मिटरको हलचल मापन गरिएको बीबीसीले उल्लेख गरेको छ । मुख्यत: नाचको कारणले उक्त भूकम्पीय गतिविधि भएको र ‘रेडी फर इट’ गीतको प्रस्तुति दिंदा मात्रा बढेर १६० बीपीएम पुगेको समेत समाचारमा उल्लेख छ ।

आफूलाई स्वीफ्टी भन्न रुचाउने फ्यानले उक्त गीतको प्रस्तुति दिंदा ८० किलोवाट शक्ति ऊर्जा सिर्जना भएको र त्यो ऊर्जा ६ हजार कारको ब्याट्री बराबर भएको जनाइएको छ ।

सियाटल र लस एन्जलसमा भएका स्वीफ्टका अघिल्ला कन्सर्टमा समेत यस्ता घटनाको महसुस गरिएको थियो । उनको सियाटल गिगमा २.३ म्याग्निच्युडको भूकम्प बराबरको गतिविधि मापन गरिएको थियो ।

ब्रिटिश जियोलोजिकल सर्भे बेलायतको राष्ट्रिय भूकम्प अनुगमन एजेन्सी हो र यसको डिटेक्टरले माइल टाढाको सबैभन्दा सानो भूकम्पीय गतिविधि समेत पत्ता लगाउन सक्ने मानिन्छ ।

बेलायती भूकम्पविद् कलम ह्यारिसनले भने, ‘यो अचम्मको कुरा हो कि हामीले हाम्रो डेटामार्फत हजारौं कन्सर्ट दर्शकको प्रतिक्रिया मापन गर्न सक्षम भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?