+

अमेरिका बन्यो ‘स्टप क्लक’ नियम अनुसार ५ रन जरिवाना तिर्ने पहिलो टिम

२०८१ जेठ  ३१ गते १४:०८ २०८१ जेठ ३१ गते १४:०८
अमेरिका बन्यो ‘स्टप क्लक’ नियम अनुसार ५ रन जरिवाना तिर्ने पहिलो टिम

३१ जेठ, काठमाडौं । अमेरिका आईसीसीले ल्याएको नयाँ नियम ‘स्टप क्लक’अन्तर्गत रन जरिवाना तिर्ने पहिलो राष्ट्र बनेको छ ।

टी-२० विश्वकपको सहआयोजक समेत रहेको अमेरिकाले नियम अनुसार बलिङ नगर्दा भारत विरुद्धको खेलमा जरिवानामा पाँच रन तिर्नुपरेको हो ।

समूह ‘ए’अन्तर्गत भारत र अमेरिकाबीच बुधबार राति न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय  स्टेडियममा  खेल भएको थियो ।

उक्त खेलमा भारतले अमेरिकाले दिएको १११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको थियो । ठूलो लक्ष्य नभए पनि भारतले ब्याटिङमा संघर्ष गरिरहेको थियो ।

जितका लागि भारतलाई १६औं ओभर सुरु हुनुअघि ३० बलमा ३५ रन आवश्यक थियो । तर, अमेरिकाले ५ पेनाल्टी रन तिर्नुपरेपछि भारतलाई ३० बलमा ३० रन मात्रै चाहिने समीकरण बन्यो । जसले गर्दा भारतलाई अझै राहत भयो ।

खास स्टप क्लक नियम एकै पटक भने लागू भएको होइन । आईसीसीले यसलाई ट्रायलको रुपमा प्रयोग गरेपछि पहिलोपटक जारी टी-२० विश्वकपबाट यसलाई आधिकारिक रुपमा प्रयोग गरेको हो ।

यस नियम अनुसार बलिङ टोलीले दुई ओभरको बीचमा तयारीका लागि ६० सेकेण्ड मात्र समय पाउनेछन् । एक ओभर सकिएपछि ६० सेकेण्डभित्र अर्को ओभर बलिङ सुरु गरिसक्नुपर्नेछ ।

तर, एक इनिङ्समा तीन पटकसम्म पनि अर्को ओभर बलिङ गर्न ६० सेकेण्डभन्दा बढी समय लगाएमा ५ रन जरिवाना तिर्नुपर्ने नियम छ । त्यही अनुसार अमेरिकाले भारतलाई ५ रन पेनाल्टी दिएको हो ।

अम्पायरले हरेक ओभर सकिएपछि मैदानमा जोडिएको टिभी स्क्रिनमा टाइमर सुरु गर्नेछन् र यदि बलिङ गर्ने टिमले ६० सेकेण्डपछि अर्को ओभर सुरु नगरेमा दुई पटकसम्म सोही टिमका कप्तानलाई चेतावनी दिनेछन् । तीनपटक स्लो गरेमा भने पाँच रन जरिवाना तिर्नुपर्ने हुन्छ ।

स्लो ओभर रेटलाई कम गर्नका लागि आईसीसीले ‘स्टप क्लक’ नियम लागू गरेको हो ।

अमेरिका टी-२० विश्वकप स्टप क्लक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय