+
+

धनुषामा एक महिला ६ दिनदेखि बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १३:५०

३१ जेठ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ सखुवा महेन्द्रनगरकी २८  वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता छिन् ।

रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् । उनका अनुसार रुवीको श्रीमान राजु यादवसँग निरन्तर विवाद हुँदै आएको थियो । राजु केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए ।

सम्पर्कविहीन हुनुभन्दा पाँच दिनअघि पनि राजुले कुटपीट गरेपछि विवाद प्रहरी कार्यालयसम्म पुगेको थियो । गत शुक्रबार रुवी र उनका श्रीमान खाना खाएर सुत्न गएका थिए । तर शनिबार विहानदेखि रुवी भेटिएकी छैनन् ।

गत बुधबारसम्म राजु सम्पर्कमै थिए । प्रहरीले उनलाई बोलाएर ल्याउन भनेपछि रुवीका भाइ अनितले इलाका प्रहरी कार्यालयमा  लगेका थिए । त्यहाँबाट उनी बेपत्ता भएको अनितको भनाइ छ ।

प्रहरी निरीक्षक सोनु साहले रुवी बेपत्ता भएको निवेदन आएपछि उनको घर र अन्य सम्भावित स्थानमा खोजतलास गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?