+
+

निजी क्षेत्रलाई प्रोत्साहन गर्दा नियमनलाई ख्याल गरियोस् : केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १३:५७

३१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालको निजी क्षेत्र निराश रहेको बताएका छन् । यो बुझेर सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेटका कार्यक्रमहरू ल्याएको उनको भनाइ छ ।

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यसपालिको बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने धेरै कुराहरू आएका छन् । मैले त्यसलाई अत्यन्त पोजेटिभली लिएको छु । तर निजी क्षेत्रलाई प्रोत्साहन गर्दा मेरो यसमा निरन्तरको धारणा छ– जति हामी प्रोत्साहन गर्छौं । त्योसँगै नियमन आवश्यक छ,’ सांसद केसीले भने ।

बजार फ्रेन्डली भएर मात्रै नहुने जनता फ्रेन्डली नीति राज्यले लिनुपर्ने उनको सुझाव छ । सांसद केसी थप्छन्, ‘हामी जति मार्केट फ्रेन्डली हुन्छौं त्यति पिपुल्स फ्रेन्डली बनाउनको निम्ति सन्तुलित वातावरण सिर्जना गर्न सक्छौं । यतातिर सरकार गम्भीर होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?