+

टेबल टेनिसमा जयस्नुलाई ३ स्वर्ण, बागमती टिम च्याम्पियन

२०८१ जेठ  ३१ गते १५:३० २०८१ जेठ ३१ गते १५:३०
टेबल टेनिसमा जयस्नुलाई ३ स्वर्ण, बागमती टिम च्याम्पियन

३१ जेठ, काठमाडौं । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् ।

जयस्नुले आफूले प्रतिस्पर्धा गरेको तीनवटै विधा ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जितेका हुन् ।

पोखरा रंगशालास्थित कभर्डहलमा बिहीबार भएको ब्वाइज सिंगल्सको फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२, ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री संयुक्त रुपमा तेस्रो भए ।

गर्ल्स सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५, १३–११ को सेटमा हराइन् । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रुपमा तेस्रो भए ।

टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्वीप’ गरेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले पाँचै स्वर्ण जित्न सफल भयो । दोस्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा र टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८–२८ ब्वाइज-गर्ल्स गरी ५६ खेलाडी सहभागी थिए ।

जयस्नु महर्जन टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय