+
+

राष्ट्रिय सहमतिमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १६:०६

३१ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको बताए ।

उनले भने, ‘अब संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । राष्ट्रिय सहमतिका साथ त्यसलाई पनि तत्काल पूरा गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम सकेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए । उनले भने, ‘शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापना गर्नुपर्ने आजको आवश्यकता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?