+
+

फिल्म ‘पुजार सार्की’ हेरेपछि बाबुरामले सम्झिए संसदको त्यो भाषण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १७:०७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फिल्म ‘पुजार सार्की’ हेरेपछि जातीय विभेद अन्त्यका लागि धार्मिक शास्त्र नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बिहीबार दिउँसो फिल्म हेरेपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले जातीय विभेदविरुद्धको लडाइँ लामो हुने बताए । ‘म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ । यो फिल्म हेर्दाहेर्दै म भावुक भएँ,’ उनले भने, ‘कतिपय प्रसंग आफैंसँग पनि मिलेको पाएँ । यो लामो लडाइँ हो ।’

उनले धर्मशास्त्रको आडमा जातीय विभेद कायम रहेको टिप्पणी गरे । ‘जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड छ,’ भन्छन्, ‘धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन, दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ । यो मुद्दालाई यो चलचित्रले गहिरो गरी उठाएको छ ।’

जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुले नै साथ दिनुपर्ने बताए । ‘म आफैंले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिएँ । यो चलचित्रको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ,’ उनले भने, ‘यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुले नै साथ दिनुपर्छ ।’

यस प्रकारका फिल्मलाई राज्यले कर छुट दिनुपर्ने तर्क उनले गरे । दोस्रो पटक यो फिल्म हेर्न पुगेकी नेतृ हिसिला यमीले फिल्मको मुख्य पात्र मेघेले लिएको जस्तै विचारको अडान प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने तर्क गरिन् ।

दिनेश राउत निर्देशित फिल्म अहिले पनि हलमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?