३१ जेठ, काठमाडौं । प्रथम यू–१५ विद्यालय खेलकुदको ब्याडमिन्टनमा २ स्वर्ण र ३ कास्य पदक जित्दै बागमती प्रदेश टिम च्याम्पियन बनेको छ ।
राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ब्याडमिन्टनतर्फ दोस्रो स्थानको लुम्बिनीले २ स्वर्ण तथा तेस्रो भएको गण्डकीले १ स्वर्ण, ३ रजत र २ कास्य पदक जिते । बाँकी ४ प्रदेश स्वर्णविहीन बने । कोशी र कर्णाली पदकविहीन रहे ।
सात प्रदेशबाट ५६ खेलाडीले ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पाँचै स्पर्धाको फाइनल बिहीबार भएको थियो ।
रिहाना र सुविनलाई दुई स्वर्ण
पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा बागमती प्रदेशका रिहाना शेरचन र लुम्बिनी प्रदेशका सुविन श्रेष्ठले दोहोरो स्वर्ण जिते । दुवैले सिंगल र डबल्समा स्वर्ण जितेका थिए ।
ब्वाइजतर्फको फाइनलमा लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१–१७, २१–११ को सोझो सेटमा पराजित गरे । यस्तै यही स्पर्धाको गल्र्सको फाइनलमा बागमतीकी रिहाना शेरचनले कोशीकी निभा राईलाई २१–१०, २१–१९ ले हराउँदै स्वर्ण जितिन् ।
यसैगरी ब्वाइज डबल्समा लुम्बिनीका सुविनले सुदेश राजकोटीसँग मिलेर अर्को स्वर्ण जिते । उक्त जोडीले फाइनलमा गण्डकीका सफल र गेजराजर कार्कीको जोडीमाथि १९–२१, २१–१६, २१–१३ को कठिन जित दर्ता गरे ।
पहिलो सेट गुमाए पनि यो जोडीले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । प्रतियोगितामा कोशी प्रदेशका प्रतीक विष्ट र प्रशन्न जिसी तथा सुदूरपश्चिमका आदित्य चौधरी र रियान्स चौधरीले कास्य जिते ।
गल्र्स डबल्स फाइनलमा रिहानले टीशारानी शाक्यसँग मिलेर दोहोरो स्वर्ण जित्न सफल भइन् । उक्त जोडीले फाइनलमा गण्डकीका दिलाशा राणा र समृद्धि श्रेष्ठको जोडीलाई २१–१६, २१–१६ ले पाखा लगाए ।
कोशी प्रदेशका मिङ्गमा तामाङ र नदिरा तामाङ तथा कोशीकै नितशा राइका मगर र निभा राईको जोडीले कास्य जिते ।
मिक्स डबल्समा भने गण्डकीले स्वर्ण जित्यो । गण्डकीका सफल भुजेल र दिलाशा राणाको जोडीले फाइनलमा कोशीका सदिप राई र निभा राईको जोडीलाई २१–१५, २१–१२ को सोझो सेटमा हराए ।
प्रतिक्रिया 4