+
+

न्याय सेवाका १५१ अधिकारीको सरुवा, रेग्मीको बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १८:०८

३१ जेठ, काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना  शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सहन्यायाधिवक्ता रामकुमार थापालाई महान्यायाधिवक्ता कार्यालय काठमाडौंमा सरुवा गरेको छ । त्यस्तै वीरगञ्जको उच्च सरकारी वकिल कार्यालयमा राजविराजका उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता कृष्णप्रसाद पुडासैनीलाई सरुवा गरेको छ ।

सहन्यायाधिवक्ताहरु महान्यायाधिवक्ता कार्यालयका हरिप्रसाद रेग्मी र विशेष सरकारी वकिल कार्यालयका ज्ञानप्रसाद भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् ।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता मोहनसागर बस्याल विशेष सरकारी वकिल कार्यालयमा, उच्च सरकारी वकिल कार्यालय जुम्लाका सहन्यायाधिवक्ता कृष्णराज पन्त महान्यायाधिवक्ता कार्यालयमा सरुवा भएका छन् ।

त्यस्तै अख्तियारकी सहन्यायाधिवक्ता पूजा खत्री उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगरमा र उच्च सरकारी वकिल कार्यालय दिपालयका सहन्यायाधिकव्ता लक्ष्मणप्रसाद उपाध्याय उच्च सरकारी वकिल कार्यालय तुलसीपुरमा सरुवा भएका छन् ।

न्याय सेवा आयोगको बैठकले सरकारी वकिल समूहमा अशोकराज रेग्मीलाई सहन्यायाधिवक्तामा बढुवा गरेको छ ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?