+

आयुषलाई बङ्गलादेशमा स्वर्ण

२०८१ जेठ  ३१ गते १८:१३ २०८१ जेठ ३१ गते १८:१३
आयुषलाई बङ्गलादेशमा स्वर्ण

३१ जेठ, काठमाडौं। नेपालका आयुष ढुङ्गेलले बिहीबार प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्ण पदक जितेका छन् ।

टिम व्यवस्थापक प्रदीप थापा मगरले जानकारी दिए अनुसार बङ्गलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद राइमलाई हराए । यसअघि आयुषले सेमिफाइनलमा यासिनलाई पराजित गरेका थिए ।

पुरुष ५४ केजीमा पनि नेपालका शेख इरफान खरेलले आयोजकका अब्दु जायद खानलाई हराएर स्वर्ण पदक जिते ।

पुरुष ४५ केजमिा भने नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग हारेपछि कांस्य पदकमा सीमित बने । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान छन् ।

आयुष ढुङ्गेल प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय