+
+

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १८:४१

३१ जेठ, काठमाडौं । विशेष अदालतले उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनालाई सफाई दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले तत्कालिन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालिन कामु उपनिर्देशक पवन कुमार कर्ण, प्रवन्धक भरत प्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रवन्धक कमलराज पौडेल र निर्देशकहरु ध्रुवबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई सफाई दिएको हो ।

अध्ययनबिना आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा अख्तियारले उनीहरुमाथि २२ लाख ७८ हजार भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?