+

एएफसी यू-२० एसियन कप छनोटमा उज्वेकिस्तान, बहराइन र नेपाल एकै समूहमा

२०८१ जेठ  ३१ गते १९:०८ २०८१ जेठ ३१ गते १९:०८
एएफसी यू-२० एसियन कप छनोटमा उज्वेकिस्तान, बहराइन र नेपाल एकै समूहमा

३१ जेठ, काठमाडौं । एएफसी यू-२० एसियन कप छनोटमा नेपाल साविक विजेता उज्वेकिस्तान रहेको समूह्य ‘बी’मा परेको छ ।

मलेसियाको क्वालाल्मपुरमा बिहीबार भएको ड्र अनुसार नेपाल र उज्वेकिस्तानसहित चाइनिज ताइपेई र कम्बोडिया समूह ‘बी’ मा छन् ।

समूह बी का खेलहरु चाइनिज ताइपेईमा आगामी सेप्टेम्बर २१ देखि २९ सम्म हुनेछ ।

नेपालले पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने दोस्रो खेल सेप्टेम्बर २३ मा चाइनिज ताइपेईसँग खेल्नेछ । यस्तै सेप्टेम्बर २५ मा उज्वेकिस्तान र सेप्टेम्बर २७ मा बहराइनसँग खेल्नेछ ।

यू-२० एसियन कप छनोटमा एसियाका ४५ टिमलाई १० समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत पाँच समूहमा ५-५ तथा पाँच समूहमा ४-४ टोली समावेश छन् ।

दश समूहको समूह विजेता र रउत्कृष्ट पाँच उपविजेता टिम अन्तिम चरणमा छनोट हुनेछन् । चीन आयोजकको रुपमा स्वत: छनोट भइसकेको छ ।

एएफसी यू-२० एसियन कप नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय