३१ जेठ, काठमाडौं । बागमती प्रदेशले प्रथम यू १५ विद्यालय खेलकुदको बास्केटबलमा बिहीबार दोहोरो उपाधि जितेको छ ।
बागमती ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्न सफल भयो । दुवै फाइनलमा बागमतीको प्रतिद्वन्द्वी गण्डकी रह्यो ।
पोखरा रंगशालास्थित कोर्टमा भएको ब्वाइजको फाइनलमा बागमतीले गण्डकीलाई ३९–३१ ले पराजित गर्यो ।
बागमतीको जितमा प्रान्जल बस्नेतले १७ अंक योगदान गरे । गण्डकीका सौभाग्य पुनले १२ अंक जोडे ।
पहिलो क्वाटरमा ४–७ ले पछि परेको बागमतीले दोस्रो क्वाटरमा १६–१२ को अग्रता लिंदै समग्रमा १ अंकको अन्तरले अघि रह्यो । तेस्रो क्वाटरको समाप्तिसम्म बागमती २५–२९ ले पछि परेको थियो ।
तेस्रो क्वाटरमा गण्डकीले १०–५ स्कोर गरेको थियो । अन्तिम तथा चौथो क्वाटर बागमतीले १४–२ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्यो । कोशीले तेस्रो स्थानमा चित्त बुझायो ।
गर्ल्स उपाधि भिडन्तमा जरा महर्जनको ८ अंक सहयोगमा बागमतीले गण्डकीलाई १३–८ ले हरायो । बागमतीले सुरुका तीन क्वाटरमा क्रमशः ४–१, ३–२ र २–१ को अग्रता लिंदै जितको आधार खडा गर्यो चौथो क्वाटर ४–४ को बराबरीमा सकिएको थियो ।
ब्वाइजमा ७ प्रदेश तथा गर्ल्समा सुदूरपश्चिम बाहेक ६ प्रदेशको सहभागिता थियो ।
प्रतिक्रिया 4