३१ जेठ, काठमाडौं । इटालियन क्लब एसी मिलानको नयाँ प्रशिक्षकमा पाउलो फोसेका नियुक्त भएका छन् ।
५१ वर्षीय पोर्चुगिज फोनसेकालाई मिलानले तीन वर्षको लागि अनुबन्ध गरेको हो । उनी २०२७ सम्म मिलानमा हुनेछन् ।
फोनसेकाले यसअघि सन् २०२२ देखि २०२४ सम्म फ्रेन्च क्लब लिलको प्रशिक्षण सम्हालेका थिए ।
फोनसेकाले अब स्टेफानो पिओलीको स्थानमा लिनेछन् । एसी मिलान सिरी ए मा चौथो भएपछि पिओलीले आपसी सहमतिमा क्लब छाडेका थिए ।
उता फोनसेकाले पनि लिल फ्रेन्च लिगमा चौथो भएपछि आपसी सहमतिमै फ्रेन्च क्लब छाडेका थिए ।
लिल युरोपा कन्फेरेन्स लिगको फाइनलमा एस्टन भिल्लासँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।
फोनसेकाले यसअघि इटालियन क्लब रोमासहित युक्रेनी क्लब साख्तर डोनेस्क र पोर्चुगलकै पोर्टोको प्रशिक्षक भएर काम गरेका थिए ।
उनले सन् २०१३ मा पोर्टोमा हुँदा पोर्चुगिज सुपर कपको उपाधि जितेका थिए । यस्तै साख्तरमा हुँदा तीन पटक युक्रेनी लिग र कप सँगै जितेका थिए
प्रतिक्रिया 4