+
+

त्रिशुली नदीबाट बेपत्ता व्‍यक्तिको सशस्त्र प्रहरीले गर्‍यो जीवितै उद्वार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १९:५९

३१ जेठ, काठमाडौं। त्रिशुली नदीमा बेपत्ता भएका एक व्‍यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

बिहिबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशुलीमा बेपत्ता भएको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले सकुशल उद्धार गरेको हो ।

पहरोमा अड्किएको अवस्थामा उनलाई जिवितै उद्वार गरी कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा ल्याइएको छ । उद्वार गरिएका व्‍यक्ति सप्तरी जिल्लाको खडक गाउँपालिका–८ गर भई हाल कुरिनटारस्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ वर्षीय बन्धुलाल चौधरी रहेको खुलेको छ ।

उनी माछा मार्ने क्रममा चिप्लिएर नदीमा बगेको प्रहरीले जनाएको छ । उनको हात र खुट्टामा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?