+
+

नेपाल प्रहरीका ७ एसपीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते २१:१४

३१ जेठ, काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजीबहादुर आचार्य आएका छन् ।

उनी जिप्रका पश्चिम नवलपरासीमा थिए । त्यहाँ मानव बेचविखन अनुसनधान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामा रहेका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँललाई पठाएको छ ।

मानव बेचविखन अनुसन्धान शाखामा एकनारायण कोइरालाको सरुवा भएको छ । उनी नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालय/कार्यपरिचलन शाखामा कार्यरत थिए ।

अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखामा रहेका एसपी प्रदीपबहादुर क्षेत्रीको कोशी प्रदेश प्रहरी गण, विराटनगरमा सरुवा भएको छ ।

मधेश प्रदेश प्रहरी गण जनकपुरमा रहेका हरिहरनाथ योगीलाई बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ ।

मधेश प्रदेश प्रहरी गणमा नारायण रञ्जितकार गएका छन्, जो नेपाल प्रहरी विद्यालय, साँगामा थिए ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका अनन्तराम शर्माको गण्डकी प्रदेश प्रहरी गण, पोखरा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?