+
+

बढुवा भएका चार एसएसपीको पदस्थापन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते ११:२५

३२ जेठ, काठमाडौं । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका चार प्रहरी अधिकृतको पदस्थापन गरिएको छ ।

बिहीबार गृह मन्त्रीस्तरीय निर्णयटबाट चार एसएसपीको पदस्थापन गरिएको हो । एसएसपी श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा, धनगढी कैलालीमा पदस्थापन गरिएको छ ।

रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा पोखरामा पदस्थापन गरिएको छ ।

भीम बहादुर दाहालको भने कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान नियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगरमा पदस्थापन भएको छ ।

नान्तिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?