+
+
फ्राइडे रिलिज :

हलमा लागे थ्रिलर ‘बाटो’, हरर ‘द वाचर्स’ र बायोग्राफी फिल्म ‘चन्दु च्याम्पियन’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते ११:५५

काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा तीन फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘बाटो’, हलिउडको ‘द वाचर्स’ र बलिउडको ‘चन्दु च्याम्पियन’ प्रदर्शनमा आएका छन् ।

थ्रिलर जनराको नेपाली फिल्म ‘बाटो : रोड टु डेथ’लाई मदन थापाले निर्देशन गरेका हुन् । मिथिला शर्मा, आशान्त शर्मा, पशुपति राई र रक्षा थापाको प्रमुख भूमिका रहेको यो फिल्मको रनटाइम १०३ मिनेट छ ।

एक प्यारामेडिक विद्यार्थीलाई जीवित मान्छेको मुटु प्रत्यारोपण गर्ने जिम्मासहित मिसनमा नियुक्त गरिएको हुन्छ । यो मिसनमा उनले भयानक दुर्घटना र डरलाग्दा मानिससँग जुध्नुपर्छ । फलस्वरुप उनको मिसन जोखिममा पर्छ ।

यो फिल्म १६ वर्षभन्दा तलका दर्शकलाई हेर्न अनुमति छैन ।

‘द वाचर्स’ हलिउडको हरर फिल्म हो । इशाना श्यामालन निर्देशित यो फिल्ममा डकोटा फ्यानिङ, जर्जिना क्याम्पबेल, ओल्वेन फउरेसियोभान हेवलेटको अभिनय छ । यो फिल्मको रनटाइम १०२ मिनेट छ ।

एक युवा कलाकार पश्चिमी आयरल्याण्डको एक घना जंगलमा अन्य तीन अपरिचितसँगै फसेकी छन् । उनीहरुले एक आश्रय फेला पारेका छन्, जहाँ प्रत्येक रात रहस्यमय प्राणीहरुले उनलाई पछ्याउँछन् ।

कार्तिक आर्यन र विजय राज स्टारर बलिउड फिल्म ‘चन्दु च्याम्पियन’ पनि शुक्रबार हलमा रिलिज भएको छ । एक्सन, बायोग्राफी र ड्रामा जनरामा राखिएको यो फिल्मलाई कवीर खानले निर्देशन गरेका हुन् ।

एक खेलाडीको वास्तविक जीवनको असाधारण कथा र कहिल्यै हार नमान्ने उसको भावनामा फिल्म आधारित छ । यो फिल्मको रनटाइम १४३ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?