+
+

अजय देवगणको ‘सिंघम अगेन’ तिहारमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १२:०९

काठमाडौं । बलिउड अभिनेता अजय देवगणले आगामी फिल्म ‘सिंघम अगेन’को प्रदर्शन मितिबारे जानकारी दिएका छन् । फिल्म ‘अरों मे कहाँ दम था’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले ‘सिंघम अगेन’ भारत स्वतन्त्रता दिवसको दिन अर्थात् १५ अगस्टमा रिलिज नहुने बताउँदै नयाँ मितिबारे जानकारी दिएका हुन् ।

अजयले फिल्मको पोस्टर सेयर गर्दै फिल्म दिवाली (तिहार)मा रिलिज हुने जानकारी दिएका छन् । अहिले अजय तब्बुसँगको आगामी फिल्म ‘अरों मे कहाँ दम था’लाई लिएर व्यस्त छन्, जुन अर्को महिना प्रदर्शन तयारीमा छ ।

यो फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन भएपनि उनलाई सबैभन्दा धेरै प्रश्न ‘सिंघम अगेन’बारे सोधिएको थियो ।

अजयलाई प्रश्न सोधिएको थियो- उनको आगामी फिल्म ‘सिंघम अगेन’ अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ सँग भिड्दै छ ? यसबारे अभिनेताले भने, ‘फिल्मको केही काम बाँकी छ र केही भागको छायांकन पनि बाँकी छ । उनले यो ठूलो फिल्म भएको र हतारमा केही गर्न नचाहेको पनि बताए । काम हतारमा बिग्रlन्छ र हामी त्यो होस् भन्ने चाहँदैनौं ।’

यो कुराकानीको भोलिपल्ट अर्थात् शुक्रबार अजयले ‘सिंघम अगेन’को नयाँ रिलिज भएको जानकारी दिएका हुन् । उनले एक पोस्ट सेयर गर्दै लेखेका छन्, ‘सिंघम अगेन’ यस दीपावलीमा गर्जनसहित आउँदैछ ।

‘सिंघम’ र ‘सिंघम रिटर्न्स’पछि निर्देशक रोहित शेट्टीको यो फिल्म ‘सिंघम अगेन’ कप युनिभर्सको पाँचौं र ‘सिंघम’ फ्रेन्चाइजको तेस्रो फिल्म हो । यो फिल्ममा अजय फेरि एकपटक ‘बाजीराव सिंघम’को भूमिकामा देखिनेछन् । फिल्ममा दीपिका पादुकोण पहिलो लेडी–कपको भूमिकामा देखिनेछिन् ।

फिल्ममा करिना कपुर खान, अक्षय कुमार, रणवीर सिंह, टाइगर श्राफ, अर्जुन कपुर र ज्याकी श्राफको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?