+
+

नियन्त्रित र व्यवस्थितरुपमा टिकटक खोल्न सांसद शाहको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १२:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले व्यवस्थित र नियन्त्रितरुपमा सामाजिक सञ्जाल टिकटक खोल्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै शाहले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकतोक चलिराखेको तर टिकटकबाट मात्रै अपराध र विकृति फैलिने भन्ने कुरा स्वीकार्य हुन नसक्ने बताए । टिकटक बन्द हुँदा टेलिकम कम्पनीलाई ठूलो आर्थिक क्षति पुगेको, घरेलु र स्वतन्त्र व्यवसायी बेरोजगार भएको तथ्य पेश गर्दै उनले सरकारले बन्द गरेपनि भीपीएनबाट ठूलो संख्यामा टिकटक चलिराखेको उनले बताए ।

संसद बैठकमा शाहले के भने ?

सरकारले कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो । भीपीएन प्रयोग गरेर भएपनि प्रयोगकर्ताले चलाइरहेका छन् । हिजोको दिनमा ९० लाखको हाराहारीमा चलाइरहेका थिए भने अहिले ५० लाखको हाराहारीमा चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्पमा फेसुबक रिल्स, युट्युब सर्ट्स, इन्स्टा मजाले चलेकै छ ।

यस्तोमा सरकारले अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ? सरकारले टिकटक बन्द भएपछि विकृति वा अपराध घटेको तथ्यांक वा प्रतिवेदन त छैन होला । तर टिकटक बन्द भएपछि ब्यान्थविथ घटेर डेटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटीसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्यांकले देखाएको छ ।

टिकटकबाट साना व्यवसायीले गरिरहेका घरेलु व्यवसाय र स्वतन्त्र व्यवसायी बेरोजगारी र विस्थापित भएको, यसको हिसाब गरिसाध्य छैन । अरु पनि सूचीकृत नभएका फेसुबक इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकतोक चलिराखेका छन् । तर टिकटकमा मात्रै अपराध र विकृति फैलिने कुरा स्वीकार्य छैन ।

त्यसैले अभिव्यक्ति स्वतन्त्रताको समर्थन गर्दै व्यवस्थित र नियन्त्रितरुपमा टिकटक खोल्न नेपाल सरकारसँग आग्रह गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?