+
+

काठमाडौंको बुद्धनगरमा इनारमा खसेर एक व्यक्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १३:१३

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा इनारमा खसेर एक व्यक्तिको मृत्यु भएको छ ।

बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा डुबेर ललितपुर बागडोल बस्दै आएका भोजपुर घर भएका ४० वर्षीय गोपाल महतको मृत्यु भएको हो ।

बिहीबार इनार सफा गर्ने क्रममा महत भित्र खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्‍वर र बिपद व्यस्थापन महाशाखाबाट खटिएको प्रहरीले उनलाई उद्दार गरेको थियो ।

उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?