+
+

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १३:२४

३२ जेठ, काठमाडौं । नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कोषको शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कोषले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र उक्त लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश सहित १४.७३६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?