+
+

राष्ट्रिय बज्रबाराही मुआय थाई च्याम्पियनसिप सम्पन्न 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १६:४६

ललितपुर । दोस्रो राष्ट्रिय बज्रबाराही मुआय थाई च्याम्पियनसिप सम्पन्न भएको छ।

बज्रबाराही मुआय थाई क्लबको आयोजनामा ललितपुरको चापागाउँस्थित आरएल फुटसलमा २५ र २६ जेठमा प्रतियोगिता सञ्चालन गरिएको थियो । जहाँ विभिन्न तौल समूहका प्रतियोगीहरूले प्रतिस्पर्धा गरेका थिए ।

यस वर्षको प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीहरूले उत्कृष्ट कौशल, समर्पण र सहनशीलता प्रदर्शन गरेको क्लबका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

विजेताहरू :

प्रो प्रतियोगिता:

प्रो महिला ४८ किलो

  • परिका बतास – जिमखाना – स्वर्ण
  • रेस्मा ब्लोन – ललितपुर – रजत

प्रो महिला ५५ किलो

  • सुश्मा चौधरी – स्ट्रोंगेस्ट मुआय थाई – स्वर्ण
  • चन्दाकुमारी भुजेल – काभ्रे मुआय थाई – रजत

प्रो पुरुष ४५ किलो

  • रोमित महर्जन – ललितपुर – स्वर्ण
  • महेश्वर गमाल – ललितपुर – रजत

प्रो पुरुष ५३ किलो

  • विशाल गोले – ललितपुर – स्वर्ण
  • प्रशन्न राई – ललितपुर – रजत

प्रो पुरुष ५५ किलो

  • विजय राई – बज्रबाराही मुआय थाई क्लब – स्वर्ण
  • किरण माझी – काभ्रे मुआय थाई – रजत

प्रो पुरुष ६० किलो

  • गौतम थिङ – लोपशांग मुआय थाई – स्वर्ण
  • लक्ष्मण श्रेष्ठ – काभ्रे मुआय थाई – रजत

प्रो पुरुष ६५ किलो

  • पेम्बा छिरिङ तामाङ – एपीएफ – स्वर्ण
  • सुजन लिम्बू – लोपशांग मुआय थाई – रजत

सेमी प्रो प्रतियोगिता :

सेमी प्रो पुरुष ६० किलो

  • राजविक्रम शाही – राइनो मुआय थाई – स्वर्ण
  • सबल सिलवाल – लेले – रजत

सेमी प्रो पुरुष ७० किलो

  • रोनिश सुब्बा – बज्रबाराही मुआय थाई – स्वर्ण
  • नृपेश ढुंगाना – सेन्ट्रल मुआय थाई – रजत

सेमी प्रो पुरुष ६५ किलो

  • जितेन्द्र राई – लोपसांग मुआय थाई – स्वर्ण
  • सरोज गुरुङ – गोर्खाली मुआय थाई – रजत

सेमी प्रो पुरुष ६० किलो

  • आशिष तामाङ – जिमखाना – स्वर्ण
  • अनिश तामाङ – सेन्ट्रल मुआय थाई – रजत

सेमी प्रो पुरुष ५० किलो

  • मानिक तामाङ – जिमखाना – स्वर्ण
  • दिपेश ठाकुरी – स्ट्रोंगेस्ट क्लब – रजत

सेमी प्रो पुरुष ७० किलो

  • प्रदिप विष्ट – फाइटक्लब – स्वर्ण
  • समीर देशर – बज्रबाराही मुआय थाई – रजत

सेमी प्रो महिला ४८ किलो

  • रिना माझी – एपीएफ – स्वर्ण
  • पाल्मो शेर्पा – जिमखाना – रजत

क्लका अनुसार मुकेश लुइँटेल खत्री, परिका बतास, गुनराज रुचाल, सञ्जय राई, सुशील शाही ठकुरी, गुमान सिंह घर्ती मगर, राहुल थोकर लामा, पलिष्ठा कक्षापतिलाई  समेत सम्मान गरिएको थियो ।

समिर देशार नयाँ उदयमान खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । सो रकम पञ्चकन्या ग्रुपले प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?