
ललितपुर । दोस्रो राष्ट्रिय बज्रबाराही मुआय थाई च्याम्पियनसिप सम्पन्न भएको छ।
बज्रबाराही मुआय थाई क्लबको आयोजनामा ललितपुरको चापागाउँस्थित आरएल फुटसलमा २५ र २६ जेठमा प्रतियोगिता सञ्चालन गरिएको थियो । जहाँ विभिन्न तौल समूहका प्रतियोगीहरूले प्रतिस्पर्धा गरेका थिए ।
यस वर्षको प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीहरूले उत्कृष्ट कौशल, समर्पण र सहनशीलता प्रदर्शन गरेको क्लबका अध्यक्ष अनिल श्रेष्ठले बताए ।
विजेताहरू :
प्रो प्रतियोगिता:
प्रो महिला ४८ किलो
- परिका बतास – जिमखाना – स्वर्ण
- रेस्मा ब्लोन – ललितपुर – रजत
प्रो महिला ५५ किलो
- सुश्मा चौधरी – स्ट्रोंगेस्ट मुआय थाई – स्वर्ण
- चन्दाकुमारी भुजेल – काभ्रे मुआय थाई – रजत
प्रो पुरुष ४५ किलो
- रोमित महर्जन – ललितपुर – स्वर्ण
- महेश्वर गमाल – ललितपुर – रजत
प्रो पुरुष ५३ किलो
- विशाल गोले – ललितपुर – स्वर्ण
- प्रशन्न राई – ललितपुर – रजत
प्रो पुरुष ५५ किलो
- विजय राई – बज्रबाराही मुआय थाई क्लब – स्वर्ण
- किरण माझी – काभ्रे मुआय थाई – रजत
प्रो पुरुष ६० किलो
- गौतम थिङ – लोपशांग मुआय थाई – स्वर्ण
- लक्ष्मण श्रेष्ठ – काभ्रे मुआय थाई – रजत
प्रो पुरुष ६५ किलो
- पेम्बा छिरिङ तामाङ – एपीएफ – स्वर्ण
- सुजन लिम्बू – लोपशांग मुआय थाई – रजत
सेमी प्रो प्रतियोगिता :
सेमी प्रो पुरुष ६० किलो
- राजविक्रम शाही – राइनो मुआय थाई – स्वर्ण
- सबल सिलवाल – लेले – रजत
सेमी प्रो पुरुष ७० किलो
- रोनिश सुब्बा – बज्रबाराही मुआय थाई – स्वर्ण
- नृपेश ढुंगाना – सेन्ट्रल मुआय थाई – रजत
सेमी प्रो पुरुष ६५ किलो
- जितेन्द्र राई – लोपसांग मुआय थाई – स्वर्ण
- सरोज गुरुङ – गोर्खाली मुआय थाई – रजत
सेमी प्रो पुरुष ६० किलो
- आशिष तामाङ – जिमखाना – स्वर्ण
- अनिश तामाङ – सेन्ट्रल मुआय थाई – रजत
सेमी प्रो पुरुष ५० किलो
- मानिक तामाङ – जिमखाना – स्वर्ण
- दिपेश ठाकुरी – स्ट्रोंगेस्ट क्लब – रजत
सेमी प्रो पुरुष ७० किलो
- प्रदिप विष्ट – फाइटक्लब – स्वर्ण
- समीर देशर – बज्रबाराही मुआय थाई – रजत
सेमी प्रो महिला ४८ किलो
- रिना माझी – एपीएफ – स्वर्ण
- पाल्मो शेर्पा – जिमखाना – रजत
क्लका अनुसार मुकेश लुइँटेल खत्री, परिका बतास, गुनराज रुचाल, सञ्जय राई, सुशील शाही ठकुरी, गुमान सिंह घर्ती मगर, राहुल थोकर लामा, पलिष्ठा कक्षापतिलाई समेत सम्मान गरिएको थियो ।
समिर देशार नयाँ उदयमान खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । सो रकम पञ्चकन्या ग्रुपले प्रदान गरेको थियो ।
प्रतिक्रिया 4