+
+

१ लाखका योजनाले संघीयताको उपहास भयो : पूर्वअर्थमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १५:४२

३२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले केन्द्र सरकारले राखेका साना योजनाले संघीयताको उपहास गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले १ लाख, ५ लाखका साना योजना संघीय सरकारले राख्दा संघीयताको उपहास भएको बताएका हुन् ।

उनले भने, ‘बजेट विनियोजन गर्दा संघका मन्त्रीहरूले प्रदेश र स्थानीय सरकार पनि छ भन्ने कुरा नर्बिसन म आग्रह गर्दछु ।’

शर्माले संघीय सरकारको मन्त्री भएपछि केन्द्रिकृत मनोभावनाले ग्रसित हुन नहुने धारणा राखे । उनले साना योजनाहरू प्रदेश र स्थानीय तहलाई दिएर विकासलाई दिगो र परिणाममुखी बनाउन आवश्यक रहेको बताए ।

सांसद शर्माले सरकार निर्माण गर्ने बजेट पुरानै अवस्थामा रहेको भन्दै सुधार गर्न आवश्यक रहेको सुझाव दिएका छन् । उनले भने, ‘कुनै परिणाम नदिने योे छलफलको पनि खासै आवश्यकता देख्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?