
३२ जेठ, पोखरा । पर्सि २ असारका लागि तय भएको व्यास नगरपालिकाको मेयरका लागि भएको निर्वाचनको पुनः मतगणना स्थगित भएको छ ।
मेयर वैकुण्ठ न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरिएको उच्च अदालत, पोखराका सहरजिस्ट्रार विश्व पौडेलले जानकारी दिए ।
मेयरका प्रत्यासी दीपकराज जोशीको रिटमा उच्च अदालत, पोखराले असार २ गते व्यासको पुनः मतगणना गर्ने आदेश गरेको थियो । त्यसविरुद्ध मेयर न्यौपानेले सर्वाेच्च गए ।
उनको रिट सर्वाेच्चमा हेर्न नभ्याइनेमा परेपछि मेयर न्याैपानेले पुन:मतदान रोक्न माग गर्दै उच्च अदालत पोखरामै निवेदन दिएका थिए । उच्चले यसको निर्णय गर्ने अधिकार रजिस्ट्रारलाई रियो, जसले पुनः मतदान रोक्ने निर्णय गरेको सहरजिस्ट्रार अर्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4