
३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र कम्तीमा २० जनालाई प्रत्यक्ष रोजगारी दिने व्यवसाय सुरु गर्दा तीन वर्षको व्यवसाय करमा शतप्रतिशत छुट पाइने भएको छ ।
आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरका मेयर बालेन साहले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
नयाँ दर्ता हुने व्यवसायीको हकमा यो नीति ल्याइएको उनले जानकारी दिए ।
काठमाडौं महानगरबाट कार्यान्वयन हुने विकास निर्माणका काममा कम्तीमा ३० प्रतिशत जनशक्ति महानगरको श्रम बैंकबाट आपूर्ति गरिने समेत उनले घोषणा गरे ।
महानगर पालिका क्षेत्रका सहरी सहकारी संस्थाको कारोबार विद्युतीय प्रणालीमा आबद्ध गरी प्रतिवेदन प्रणाली थप व्यवस्थित गराइने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4