+
+

काठमाडौं महानगरले विद्यालयमा ‘सेन्ट्रल किचेन’ अवधारणा लागु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १७:१२

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा ‘सेन्ट्रल किचेन’ अवधारणा लागु गर्ने भएको छ ।

महानगरभित्र २ सयभन्दा कम विद्यार्थी भएका विद्यालयमा यस्तो अवधारणा लागु गरिने मेयर बालेन शाहले जानकारी दिए ।

आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले काठमाडौंमा पूर्वप्राथमिक केन्द्रबाटै खेलकुदलाई प्राथमिकता दिने पनि बताए ।

सबै स्रोत केन्द्रमा एक–एक मनोसामाजिक परामर्शदाता र नर्स व्यवस्था गरिने घोषणा समेत उनले गरे । पूर्वप्राथमिक तहका कक्षा २ मा सञ्चालन गरिने उनले बताए ।

विद्यार्थीको अन्तर्राष्ट्रिय स्तरको क्षमता बढाउन भौतिक र शैक्षिक गुणस्तर बढाउने भन्दै उनले विद्यालयमा दिवा खाजाका लागि ‘डायट प्लान’ बनाएर लागु गरिने बताए ।

सामुदायिक तथा संस्थागत विद्यालयमा छात्रवृत्ति एकद्वार प्रणालीबाट वितरण गरिने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?