+
+

काठमाडौं महानगरमा पढ्दै–कमाउँदै अवधारणामा ‘पार्ट टाइम जब’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १७:१५
बुढानीलकण्ठ स्कुलमा उत्पादित तरकारी बिक्री गर्दै विद्यार्थी/फाइल तस्वीर

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विद्यार्थीलाई पढ्दै–कमाउँदै जाने अवधारणा लागु गरिने भएको छ ।

मेयर बालेन शाहले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यसका लागि ‘पार्ट टाइम’ काम गर्ने गरी रोजगारी सिर्जना गरिने बताए ।

काठमाडौं महानगरभित्र शैक्षिक संस्थाको चलअचल सम्पत्ति शैक्षिक प्रयोजनमा मात्र प्रयोग गरिने उनले बताए । महानगरभित्रका सामुदायिक सिकाइ केन्द्रलाई पुस्तकालयका रूपमा विकास गरिने समेत उनले बताए ।

निजी क्षेत्रका गैरसरकारी संस्थालाई पुस्तकालय विकासमा प्रोत्साहन गरिने समेत उनले बताए । विद्यालयको लेखा परीक्षण अब महानगरबाट गरिने उनले घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?