
३२ जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेपाली काठ प्रयोगका सम्बन्धमा सरकारको नीति माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभामा बजेटको मन्त्रालयगत छलफलमा बोल्दै उनले भने, ‘नेपाली काठ जङ्गलमा कुहिने र विदेशी काठले बजार तताउने दुर्भाग्य कहिले अन्त्य हुन्छ ?’
जङ्गली जनावरबाट पीडित किसानलाई बजेट नपरेकोमा पनि उनले वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
तराई मधेशमा खानेपानीको हाहाकार रहेको साहले बताए । उनले भने, ‘काठमाडौंमा पनि पानीको समस्या छ । तर सरकार यस्ता विषय बजेटमा समेट्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4