+

नेसनल ओपन केडीसी अफ हिल रन असार ८ मा

२०८१ जेठ  ३२ गते १८:०७ २०८१ जेठ ३२ गते १८:०७
नेसनल ओपन केडीसी अफ हिल रन असार ८ मा

३२ जेठ, काठमाडौं । नेपाल एड्भेन्चर रनिङ महासंघको आयोजनामा ‘नेशनल ओपन केडिसी अफ हिल रन’ असार ८ गते हुने भएको छ ।

महासंघले शुकबार पत्रकार सम्मेलन गर्दै संघको नयाँ कार्यसमिति आएपछि उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

दौडको दूरी २१ किलोमिटर हुने राखेप कार्यकारी समितिका सदस्य समेत रहेका आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी गराए । दौडमा २ सय बढी प्रतिस्पर्धी सहभागी हुने आयोजकले जनाएको छ ।

दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरीको मत्क्षेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिने छ । दौडको रुटमा सहभागीहरुले करिब ३ हजार फिट उचाई पनि तय गर्ने छन् ।

यो रेसलाई मध्यम बर्गको ट्रेल हाफ म्याराथन रहेको महासंघका महासचिव सुबास थापाले जानकारी दिए ।

शीर्ष पाँचमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।

यो दौड पुरुष र महिला दुईवटा वर्गमा छुट्याईएको छ ।

खेलाडीहरुको सहजतका लागि रुट ६ वटा वाटर प्वाइन्ट, ६ वटा चेक प्वाइन्ट र ३ वटा मेडिकल प्वाइन्टको व्यवस्था गरिएको छ । ६५ स्वयंसेवक र ८ वटा बाइक परिचालन गरिने आयोजकले जनाएको छ ।

दौडमा सहभागिताका लागि दुई दर्ता शुल्क तोकिएको छ । त्रिपुरेश्वरस्थित होटल जनक, इवाई थकालि रेष्टुरेण्ट बालुवाटार, मिरा राई ईनिसियटिभ गोकर्णेश्वर, माईती रिसोर्ट, चारघरे कीर्तिपुर, नेशनल फिजियोथेरापी एण्ड रिह्याबिलिटेसन सेन्टरर बालकुमारी ललितपुरमा नाम दर्ता गर्न सकिनेछ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महासंघका सदस्य सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय दौड सञ्चालन समिति गठन गरिएको छ । यस्तै महासंघका सदस्य बाबुराजा श्रेष्ठलाई रेस डाइरेक्टरको जिम्मेवारी दिइएको छ । दौड सञ्चालन गर्न करिब १४ लाख २५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

महासंघको नयाँ कार्यसमिति भयन भएपछि यो आर्थिक वर्षका यस दौड गर्न लागेको र आगामी आर्थिक वर्षका लागि क्यालेन्डर बनाएर विभिन्न कार्यक्रमहरु गरिने अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिए ।

हिल रन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय