+
+

कृषि विश्वविद्यालयले दीर्घ सेवा पदक वितरण गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १९:५४

३२ जेठ, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले १४औंं वार्षिक दिवसको उपलक्ष्यमा शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक दिने भएको छ ।

विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखाले सूचना जारी गर्दै २०८० चैत मसान्तसम्म २५ वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीलाई आइतबार दीर्घ सेवा पदक दिने जनाएको हो । अवधि अन्य विश्वविद्यालयमा सेवा सुरु गरेर अहिले कृषिमा कार्यरतहरूको हकमा लागू हुने जनाइएको छ ।

महाशाखा प्रमुख बुद्विनाथ ढुङ्गानाका अनुसार स्थायी, अस्थायी र करार अवधिसमेत गणना गरेर पदक दिइने छ । हालसम्म पदक प्राप्त गर्न नसकेका, दीर्घ सेवा फाराम भरेका शिक्षक, कर्मचारीहरूलाई आइतबार दीर्घ सेवा पदक वितरण हुने विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?