+
+

‘गाउँ आएको बाटो’को अमेरिकाब्यापी प्रदर्शन मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते २०:१८

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अमेरिका प्रदर्शन मिति घोषणा भएको छ । वितरक प्याट्रिक सुवेदीले यो फिल्मलाई जुन २१ (असार ७)देखि अमेरिकाब्यापी रिलिज गर्न लागेका हुन् ।

दुई चरणमा फिल्म रिलिज हुने जनाइएको छ । जसअनुसार, जुन १९ मा लस एन्जलस, सनफ्रान्सिस्को र सिकागोमा फिल्म रिलिज हुनेछ ।

जुन २० मा मेरिल्याण्डको सिल्भर स्प्रिङ्समा रेडकार्पेट स्क्रिनिङको तयारी छ । जुन २१ देखि बक्सअफिस रिलिजको सिलसिला सुरु हुनेछ ।

जसअनुसार ड्यालस टेक्सस, ओमाहा नेब्रास्का, पेन्सिलभेनियाको एरी र मोन्रोभाइल, टेक्ससको अस्टिन, आयोआ सहर, क्यालिफोर्नियको रिचमण्ड, मिजौरीको सेन्ट लुईसमा रिलिज निश्चित छ ।

साथै, मेरिल्याण्डको कोलम्बिया, क्यालिफोर्नियाको फरमोन्ट र लेकउड, ओहायाको कोलम्बस, क्लिभल्याण्ड र सिन्सिनाटी, म्यासाचुसेट्सको बोस्टन, कनेक्टिकटको हार्टफोर्ड, इलिनोइसको नाइल्स र न्यू हाम्सायरको हुकसेटमा फिल्म सो मितिमा रिलिज निश्चित भएको छ ।

मध्यपूर्वमा विहिबारदेखि फिल्म प्रदर्शनमा आएको छ । नेपालमा भने शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?