+
+

भारोत्तोलन ओलम्पिक सोलिडारिटी कोर्स सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते २०:२८

३२ जेठ, काठमाडौं । नेपाली भारोत्तोलनले नयाँ २९ प्रशिक्षक पाएको छ ।

भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स शुक्रबार सम्पन्न भएयता यो खेलमा नयाँ जनशक्ति थपिएको हो ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति भवनमा कुल पाँच दिन सञ्चालन भएको कार्यक्रममा कोर्स निर्देशकको भूमिका सर्बियाली एरभिन रोज्सयानिकले निभाएका थिए ।

समापनको अवसरमा रोज्सयानिकले ओलम्पिक सोलिडारिटी कोर्सको माध्यमबाट नेपाली भारोत्तोलनको विकासमा मद्धत पुग्ने विश्वास राखे ।

नेपाल भारोक्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले यो कार्यक्रमले खेलाडी उत्पादन र उनीहरूको विकासमा टेवा पुग्ने बताए । उनले यस कार्यक्रममा सहभागीलाई अझ परिस्कृत प्रशिक्षण कार्यक्रममा सहभागी गराउने पनि बताए ।

नेपाली भारोत्तोलनमा दस वर्षपछि ओलम्पिक सोलिडारिटी कोर्स भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?