
१ असार, काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग नेपालले तेस्रो विकेट गुमाएको छ । १३.४ ओभरमा अनिल साह आउट भए ।
अनिल २४ बलमा तीन चौका र एक छक्का सहित २७ रन जोडेर आउट भए । तर आउट हुनु अगाडि ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरे ।
३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि साह क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरे ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ८६ रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4