+
+

गण्डकी प्रदेशकाे बजेट ३२ अर्ब ९६ कराेड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते १७:४०

१ असार, पाेखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले  चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।

बजेटको यो आकार चालु आर्थिक वर्षकाे भन्दा ८५ कराेडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ कराेड थियाे ।

गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जाेड दिए पनि पूर्वाधारमै ठूलाे बजेट छुट्याएकाे छ । व्यावसायिक कृषि र यसकाे रूपान्तरण गर्दै उत्पादन र राेजगारमा जाेड दिएका छन् । कृषि कर्जामा जाेड दिँदै गाँजा खेतीकाे कानुनी बाटाे खाेल्ने गुरूङले बताए ।

१२ अर्ब ७० कराेड रूपैयाँ भाैतिक पूर्वाधार क्षेत्रमा बिनियाेजन भएकाे छ ।

गण्डकीमा खाद्यान्य उत्पादन वृद्धि गर्न १२ कराेड रूपैयाँ छुट्याएकाे गुरूङले बताए । मन्त्री गुरूङले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन गरेकाे सुनाए ।

पाेखरालाई पर्यटकीय राजधानीकाे रूपमा केन्द्रमा राखेर ग्रामीण पर्यटन, हाेमस्टेकाे विकास र ११ वटै जिल्लामा विशेष कार्यक्रम गर्ने उनले बताए । सामाजिक क्षेत्रका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ ।

आगामी वर्ष गण्डकी प्रदेश सभाकाे भवन पनि निर्माण सुरु हुने भएको छ । त्यसका लागि ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ ।

आगामी वर्ष उज्यालाे प्रदेश घाेषणा गर्ने अर्थमन्त्री गुरूङले बताए । कम्तीमा ७० प्रतिशत घरमा खानपानी धारा जडान गर्न ८ कराेड रूपैयाँ छुट्याइएकाे छ । ४ अर्ब रूपैयाँ ऊर्जाकाे क्षेत्रमा छुट्याएकाे अर्थमन्त्री गुरूङले सुनाए ।

हेर्नुहोस् बजेटो पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?