+
+

ठेक्का लागेको ९ वर्षपछि कालोपत्रे हुँदै तम्घास-खाम्सेपानी सडक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते ६:५६

२ असार, गुल्मी । गुल्मीमा ९ वर्षसम्म अलपत्र परेको एक सडकको कालोपत्रेको काम सुरु भएको छ ।

तम्घास-खाम्सेपानी-नयाँगाउ-नादी सूर्यटारी सडकको करिब ३ किलोमिटर सडक अलपत्र परेको ९ वर्षपछि कालोपत्रे हुन लागेको हो ।

उक्त सडकको सुपा खोलासम्म साढे दुई किलोमिटरमा कालोपत्रे हुन सकेको थिएन । उक्त कार्यलाई अहिले पूर्णता दिन लागिएको हो ।

निर्माण व्यवसायिले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पू नगर्दा समयमै काम हुन सकेको थिएन । अन्तिमपटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरिएको थियो ।

यसवर्ष भने अन्तिमपटक गर्नुपर्ने कालोपत्रेको काम सुरु भएको सडक पूर्वाधार कार्यालय गुल्मीका सब–इन्जिनियर लेनिस देवले बताए । अबको केही दिनमै कालोपत्रेको काम सम्पन्न हुने उनको भनाइ छ ।

सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले पहिलोपटक सम्झौता गरेको थियो । तर, ९ वर्ष हुँदा पनि काम पूरा भएन ।

सडकको तम्घासदेखि खाम्सेपानीअन्तर्गत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ७ करोड १९ लाख ८७ हजार ७० रुपैयाँमा सम्झौता भएको थियो ।

यो सडकखण्डको साढे दुई किलोमिटरभन्दा बाँकी खण्डको केही ठाउँमा भने २ वर्षअघि नै कालोपत्रे भएको थियो ।

सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकलाई बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य सडकमा यात्रागर्नुपर्ने बाध्यता थियो ।

सबै सडक कालोपत्रे हुँदा बर्खयाममा सहज हुने रेसुङ्गा नगरपालिका–६ का स्थानीय रोमबहादुर गुरुङले बताए ।

यो सडक कालोपत्रे हुँदा रेसुङ्गा, धुर्कोट, मदाने गाउँपालिकाका नागरिकसमेत लाभान्वित हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?