+

अल्वानियाले गर्‍यो युरोकै छिटो गोल, साविक विजेता इटलीको पुनरागमन जित

२०८१ असार  २ गते ७:१६ २०८१ असार २ गते ७:१६
अल्वानियाले गर्‍यो युरोकै छिटो गोल, साविक विजेता इटलीको पुनरागमन जित

२ असार, काठमाडौं । अल्वानियाले युरो इतिहासमै सबैभन्दा छिटो गोल गरेको खेलमा साविक विजेता इटलीले पुनरागमन जित निकाल्दै युरो २०२४ मा विजयी सुरुआत गरेको छ ।

समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे ।

त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान राख्दै अग्रता दिलाएका थिए ।

उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् । तर, अल्वानियाको अग्रता लामो समय टिकेन ।

११औं मिनेटमा अलेसान्द्रो बात्सोनीले इटलीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै बरेलाले गोल गर्दै इटलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा इटलीले पुनरागमन जितसहित ३ अंक जोडेको हो ।

पुनरागमन जीतसहित तीन अंक जोडेको इटलीको टोली ।
फुटबल युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय