+
+

पाल्पामा जीप दुर्घटना, ९ जना घाइते 

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते ९:५३

२ पाल्पा, असार । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न ।

आइतबार बिहान साढे ४ बजेतिर  निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूको अवस्था मध्यम रहेको छ ।

जीप सडकको बाँयातिरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

-कमल अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?