+
+

‘धितोपत्र बोर्ड अध्यक्षमा चलखेल नहोस्, दक्ष व्यक्ति नियुक्त गर’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १०:०६

२ असार, काठमाडौं । पूँजी बजार लगानीकर्ताका विभिन्न संगठनहरूले धितोपत्र बोर्डको अध्यक्षमा चलखेल नगर्न र दक्ष व्यक्ति नियुक्त गर्न सरकारसँग माग गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै लगानीकर्ताका ४ संगठनहरु जनरल इन्भेस्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले अध्यक्ष नियुक्तिलाई पारदर्शी बनाउन सरकारसँग माग गरेका हुन् ।

केही व्यावसायिक घरानाका व्यक्तिहरु आफ्नो नीहित स्वार्थको लागि बोर्ड अध्यक्षमा नजिकको मान्छे नियुक्त गर्न लागिपरेको भन्दै संघहरुले ध्यानाकर्षण गराएका हुन् ।

‘संवेदनशील निकायमा पार्टीगत भागबण्डा, पैसा र शक्तिको आडमा गरिने कार्यले स्वच्छ लगानीको वातावरण सिर्जना गर्न सक्दैन’ संघद्वारा जारी संयूक्त विज्ञप्तिमा उल्लेख छ ‘अनुभवी, स्वतन्त्र, पूँजी बजारसम्बन्धी राम्रो ज्ञान भएको विज्ञ व्यक्तिलाई सरकारले यथाशक्य बोर्डमा नियुक्त गरोस्, अन्यथा तथ्यगत प्रमाणको आधारमा आवश्यक कदम चाल्न बाध्य हुनेछौं ।’

बोर्ड अध्यक्ष नियुक्तिका लागि आज आइतबार सर्टलिस्टमा परेका ५ जनाले कार्यायोजना प्रस्तुत गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?