+
+

‘बोक्सीको घर’ले रञ्जना हलमा मनायो ५१ दिन

केकी भन्छिन्- सोसल कन्टेन्ट चल्दैन भन्ने भाष्यलाई चिरेकी छु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १२:२२

काठमाडौं । केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मले प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको हो ।

चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार फिल्मको कमाइ १० करोडभन्दा माथि छ । बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘बोक्सीको घर’ २०८१ सालमा प्रदर्शनमा आएका फिल्ममध्ये सर्वाधिक कमाउने घरेलु फिल्म समेत बनेको छ ।

अन्य मुख्य मल्टिप्लेक्सबाट फिल्म हट्दा रञ्जना हलमा भने यसले निरन्तरता पाइरहेको छ । अभिनेत्री समेत रहेकी केकीको होम प्रोडक्सनबाट बनेको यो पहिलो फिल्म समेत हो ।

आफ्नो फिल्म व्यावसायिक रुपमा सफल भएकोमा उनले दर्शकप्रति आभार व्यक्त गरेकी छन् । यतिबेला सुलक्षण भारती निर्देशित फिल्म विदेशमा समेत चलिरहेको छ । केकी आफैं फिल्म लिएर विदेश दौडाहामा छिन् ।

हालै उनले युरोप र मध्यपूर्वको यूएईमा पनि फिल्मको स्क्रिनिङ गरिन् । अस्ट्रेलिया र अमेरिकामा पनि फिल्म प्रदर्शन भइसकेको छ । उनले विदेशबाट समेत सकारात्मक प्रतिक्रिया आइरहेको बताएकी छन् ।

‘दर्शककको यस्तो राम्रो प्रतिक्रिया पाउँदा जहिले पनि सोसल कन्टेन्ट समात्यो भने चाहिं फिल्म चल्दैन भन्ने एउटा भाष्यलाई चिरेको महसुस गरेकी छु । यसले मेरै पनि सोचाइ परिवर्तन गरेको छ । त्यसैले एकदम ऊर्जाशील महसुस गरिरहेकी छु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?