
२ असार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।
बरपौवाका ९ वर्षीय गणेश विक शनिबार साँझ खाल्डोमा खसेका थिए । उनको शव आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोर सहितको टोलीले बालकको शव करिब २० फिट गहिराइबाट निकालेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4