+

युरोमा आज तीन खेल हुँदै

२०८१ असार  २ गते १२:३४ २०८१ असार २ गते १२:३४
युरोमा आज तीन खेल हुँदै

२ असार, काठमाडौं । युरो २०२४ मा आइतबार समूह चरणका तीन खेल हुँदैछ ।

समूह सी अन्तर्गत स्लोभेनिया र डेनमार्कबीचको खेल स्टुटगार्डस्थित स्टुटगार्ड एरेनामा हुनेछ । यो खेल राति ९:४५ बजे सुरु हुनेछ ।

डेनमार्क दशौँ पटक युरो खेल्दैछ भने स्लोभेनिया दोस्रो पटक खेल्दैछ । डेनमार्क सन् १९९२ को च्याम्पियन समेत हो । तर त्यसअघि डेनिस टोली दुई पटक मात्र नकआउट चरणमा पुगेको छ । पछिल्लो पटक २०२० को युरोमा डेनमार्क सेमिफाइनलमा पुगेको थियो ।

स्लोभेनिया भने सन् २००० पछि पहिलो पटक युरो खेल्न लागेको हो ।

यस्तै समूह सी मै रहेको उपाधि दाबेदार इंग्ल्याण्डले सर्बियासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसा मध्यराति १२:४५ बजे हुनेछ ।

इंग्लयाण्ड पछिल्लो पटक २०२० को युरोमा फाइनलमा घरेलु मैदानमै पराजित भएको थियो । वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्ड इटलीसँग पेनाल्टी सुटउटमा चुकेको थियो ।

यस पटक इंग्ल्याण्ड उपाधिको मुख्य दाबेदारको रुपमा छ । सर्वियाले पछिल्लो पटक सन् २००० मा सर्विया एण्ड मोन्टेनेग्रो नामबाट युरो खेलेको थियो । सर्विया टिमको रुपमा भने पहिलो पटक कूनै पटक ठूलो प्रतियोगिता खेल्दैछ ।

त्यसअघि समूह डी मा रहेका पोल्याण्ड र नेदरल्याण्ड्सबीचको खेल साँझ ६:४५ बजे ह्याम्वर्गस्थित भोल्क्सपार्क स्टेडियममा हुनेछ ।

११औं पटक युरो खेल्न लागेको नेदरल्याण्ड्सले सन् १९८८ मा युरोको उपाधि जितेको थियो । पोल्याण्ड भने लगातार पाँचौ पटक युरो खेल्दैछ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय