
२ असार, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
१ असारमा नुहाउने क्रममा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीले आइतबार निकालेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले आइतबार साढे १२ बजेतिर भुपेन्द्र केसीको र करिब १ बजेतिर विनोद केसीको शव ३० फिट गहिराईबाट निकालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4